रङ्गेलीका पुरुष अत्याधिक रक्सी सेवनको कारणले जहदामा द**लदलमा फसेर मृ**त्यु

मिति: २०२५-०१-०२ , समय : १४:३१:२९ , Our Pradesh

Our Pradesh

अत्याधिक मापसेका कारण दलदलमा फसेर पुरुषको मृ*”त्यु

 

रङ्गेली नगरपालिका–१ बबिया बिर्ताका ३५ वर्षीय एक पुरुषको अत्याधिक मादक पदार्थ सेवनका कारण दलदलमा फसेर मृ**त्यु भएको छ।

 

उक्त पुरुष आफ्नो ससुराली जहदा–४ गएका थिए। घर फर्किने क्रममा उनले अत्याधिक मादक पदार्थ सेवन गरेका थिए। नहरको पानी सुकेको अवस्थामा हिलोको दलदलमा फसेपछि उनी बाहिर निस्कन नसकी ज्यान गुमाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा मापसेको अत्याधिक प्रभावका कारण घट**ना घटेको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: २०२५-०१-०२ , समय : १४:३१:२९ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित