रियालिटी शो ‘दोहोरी आइडल’ को भोटिङ्ग पार्टनरमा इसेवा

मिति: २०२३-०३-३० , समय : १७:५२:३७ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौँ। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ को भोटिङ्ग पार्टनरको रुपमा इसेवा जोडिएको छ। डिजिटल अडिसन सकेर अब अडिसन सुरु गर्ने तयारीमा रहेको रियालिटी शोको भोटिङ्ग पार्टनरको रुपमा इसेवा संग सम्झौता भएको छ।

नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने,राजु परियार,घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए।

डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोश्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन्। दोहोरी आइडलको छिट्टै नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए। दोहोरी आइडललाई डिएआर मुभिजले अन्तररास्ट्रीय फर्म्याटमा पनि दर्ता गरि सकेको धितालले जनाए ।

प्रकाशित मिति: २०२३-०३-३० , समय : १७:५२:३७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित