प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५–२७ मा सरेको
मिति: २०२५-०१-०९ , समय : ०९:४५:१३ , Our Pradesh
मिति: २०२५-०१-०९ , समय : ०९:४५:१३ , Our Pradesh
Our Pradesh
प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५–२७ मा सरेको
मोरङ। प्रेस चौतारी नेपालले केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गर्दै फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा गर्ने निर्णय गरेको छ। यसअघि फागुन २३–२५ मा तय गरिएको महाधिवेशन विशेष कारणवश सारिएको हो।
बुधबार साँझ आयोजित जुम बैठकमा अध्यक्ष बुद्धि बस्नेतले महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्दै सिफारिस समितिको गठन भएको जानकारी दिए। यो समितिले प्रेस चौतारी नेपालद्वारा प्रदान गरिने पुरस्कारहरूको सिफारिस गर्नेछ। उनले पुरस्कारको घोषणा प्रेस चौतारी नेपालको स्थापना दिवसका दिन माघ २२ मा गरिने बताए।
बस्नेतले माघ २५ सम्म जिल्ला अधिवेशन र फागुन ७ सम्म प्रदेश अधिवेशन सम्पन्न गर्नुपर्ने स्पष्ट पारे। समयमा अधिवेशन नगर्ने जिल्ला र प्रदेशमा केन्द्रले तदर्थ समिति गठन गर्ने निर्णय गरिएको छ। उनले संगठनभित्र जिम्मेवारी लिने तर काम नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार-प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम प्रमुख अतिथिका रूपमा सहभागी थिए। महासचिव हीरामान लामाले संगठनको प्रतिवेदन र कोषाध्यक्ष इन्द्र आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
महाधिवेशनको तयारी र संगठन सुदृढीकरणका लागि थप निर्णय आगामी बैठकमा गरिने
जनाएको छ।
प्रकाशित मिति: २०२५-०१-०९ , समय : ०९:४५:१३ , ३ महिना अगाडि