रंगेलीमा डेरी उद्यमी तथा कर्मचारीका लागि तालिम सुरु

दूध बिक्री वितरण गर्ने तरिकामा थोरै मात्र परिवर्तन गर्यो भने हामीले सोचेको भन्दा धेरै मूल्यमा बिक्री वितरण गर्न सक्छौ। : नेपाल घरेलु तथा सानो उद्योग महासंघ मोरङ जिल्ला संयोजक चेतन निराैला

मिति: २०२५-०१-१२ , समय : १३:५०:४३ , राम कुमार शर्मा

राम कुमार शर्मा

रंगेली – मोरङको रङ्गेली ७ मा डेरी उद्योगसँग सम्बन्धित उद्यमी र कर्मचारीलाई लक्षित गर्दै सात दिने डेरीसम्बन्धी तालिम सुरु भएको छ। घरेलु तथा साना उद्योग कार्यालय, मोरङको आयोजनामा पुस २६ गते सुरु भएको तालिम माघ ३ गतेसम्म सञ्चालन हुनेछ।

इनरुवा इन्टरनेशनल पोलिटेक्निक इन्स्टिच्युट, इनरुवा, सुनसरीको प्राविधिक सहयोग र नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ्गको सहकार्यमा रङ्गेली स्थित मेलिना होटल एंड लजमा शुक्रवार तालिमको उद्घाटन गरिएको थियो।

“डेरीका उत्पादित सामग्रीमा गुणस्तर ल्याउन, बिक्री वितरणका लागि बजारसम्मको पहुँच बनाउँन र उत्पादित सामग्रीलाई लामो समयसम्म मापदण्ड अनुसार सुरक्षित गरी राख्न सकोस् भन्ने उद्देश्यले यस रङ्गेली सेरोफेरोका किसान तथा व्यापारीलाई प्रशिक्षण तालिमको आयोजना गरेको” घरेलु तथा साना उद्योग कार्यालय, मोरङका प्रमुख भवानी प्रसाद घिमीरे ले जानकारी दिए।

“कति धेरै किसान तथा व्यापारीको दूध समयमा बिक्री वितरण तथा बजारीकरण गर्न नसक्दा खेर गएको र अर्को तिर भारतीय पाउडर दूध विक्री भइरहेको सुनिरहेका हुन्छौं । तर वाहहरुलाई के भन्छु, दूध बिक्री वितरण गर्ने तरिकामा थोरै मात्र परिवर्तन गर्यो भने हामीले सोचेको भन्दा धेरै मूल्यमा बिक्री वितरण गर्न सक्छौ। यही कुरा सिखन र सिखाउनका लागि यस तालिमको आयोजना गरेका छौं ।” नेपाल घरेलु तथा सानो उद्योग महासंघ मोरङ जिल्ला संयोजक चेतन निराैला ले जानकरी दिए ।

उक्त तालिमले डेरी व्यवसायमा आवद्ध व्यक्तिहरूले आधुनिक प्रविधि तथा सीप सिक्न महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास प्रशिक्षक तथा प्रशिक्षार्थीले राखेको छ ।

प्रकाशित मिति: २०२५-०१-१२ , समय : १३:५०:४३ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित