मिक्लाजुङमा निःशुल्क बाली उपचार शिविर सम्पन्न
बालीहरूको समस्याग्रस्त नमूनाहरू विश्लेषण गरी समस्याहरूको व्यवस्थापनका लागि कृषकहरूलाई सुझाव पत्रमार्फत सल्लाह दिएका थिए।
मिति: २०२५-०१-२१ , समय : ०८:३९:२० , देव नारायण शर्मा
मिति: २०२५-०१-२१ , समय : ०८:३९:२० , देव नारायण शर्मा
देव नारायण शर्मा
विराटनगर – मोरङ्ग मिक्लाजुङ गाउँपालिकामा बाली उपचार शिविर सम्पन्न भएको छ। मिक्लाजुङ गाउँपालिकाको वडा नं. ६ मा आयोजित उक्त शिविर कृषि ज्ञान केन्द्र मोरङको आयोजनामा र मिक्लाजुङ गाउँपालिका कृषि विकास शाखाको समन्वयमा माघ ७ गते सम्पन्न भएको हो।
शिविरमा कृषि ज्ञान केन्द्रका प्राविधिकहरूले स्थलगत रूपमा कृषकहरूले लगाएका बालीहरूको समस्याग्रस्त नमूनाहरू विश्लेषण गरी समस्याहरूको व्यवस्थापनका लागि कृषकहरूलाई सुझाव पत्रमार्फत सल्लाह दिएका थिए। रोग तथा कीरा व्यवस्थापनका लागि जैविक तथा वनस्पतिक विषादीहरू नि:शुल्क वितरण गरिएको पनि जानकारी गराइएको छ।
शिविरमा कुल ४८ जना कृषकले सेवा लिएका थिए। कृषकहरूले शिविरमा रोग-कीरा व्यवस्थापनका विधिहरूको जानकारी लिई खेतीमा उत्पन्न समस्याको समाधान पाएका छन्।
कृषि ज्ञान केन्द्र मोरङका सूचना अधिकारी आदर्श कुमार सिंहका अनुसार द्वितीय त्रैमासिक लक्ष्य र कृषकहरूको मागअनुसार धनपालथान गाउँपालिकाको वडा नं. ३ र सुनवर्षी नगरपालिकाको वडा नं. ७ मा पनि यस्तै बाली उपचार शिविर सञ्चालन गरिएको छ। शिविरबाट कृषकहरूको उत्पादनमा सुधार हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२५-०१-२१ , समय : ०८:३९:२० , ३ महिना अगाडि