सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस
मिति: २०२५-०२-०१ , समय : २३:२६:१० , पारस मण्डल
मिति: २०२५-०२-०१ , समय : २३:२६:१० , पारस मण्डल
पारस मण्डल
नेपाली कांग्रेसद्वारा पार्टी सुदृढीकरणका लागि पोखरामा विशेष प्रशिक्षण कार्यक्रम
नेपाली कांग्रेसले पार्टीको आन्तरिक जीवन, आगामी रणनीति, गठबन्धन तथा सरकारको कार्यसम्पादन समीक्षा गर्दै संगठन सुदृढीकरणका लागि सातै प्रदेश र देशभरका सभापतिहरूलाई लक्षित गरी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।
यो विशेष कार्यक्रम कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा माघ २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ। माघ २२ र २३ गते ७७ वटै जिल्लाका सभापति, प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिहरूलाई प्रशिक्षण दिइने छ।
कांग्रेसले यो कार्यक्रममार्फत संगठनलाई थप बलियो बनाउने तथा आगामी रणनीति तय गर्ने लक्ष्य लिए
को छ।
प्रकाशित मिति: २०२५-०२-०१ , समय : २३:२६:१० , ३ महिना अगाडि