कनेपोखरमा डुबेर एकको मिर्त्यु
मिति: २०२५-०२-०२ , समय : ०७:२७:२९ , विवेक खतिवडा
मिति: २०२५-०२-०२ , समय : ०७:२७:२९ , विवेक खतिवडा
विवेक खतिवडा
मोरङको कानेपोखरी गाउँपालिका-७ मा रहेको एतिहासिक कानेपोखरीमा नुहाउने हुदा डुबेर एक स्थानीयको मिर्त्यु भएको छ ।
इलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरीक्षक देबिदत्त मोतेका अनुसार सनिवार दिउसोको १२:३० बजेको समयमा झापा घर भइ कानेपोखरी-७ बिहिबारेमा बसोबास गर्दै घुमी डुलि खादै आएका अन्दाजी ३५ बर्षिय कुल बहादुर गिरिको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मिर्त्यु भएको हो ।
बनभोज खान आएको समुहमा गएर खाना खाइ पोखरीमा पौडी खेल्न गएका गिरि पौडी खेल्दा खेल्दै पोखरीमा डुबेका थिए ।
बनभोज खान आएका समुहले कानेपोखरी नगर प्रहरीलाई खबर गरेपछि नगर प्रहरीले घटना स्थलमा गएर खोजी गर्दा नभेटे पछि सुनसरीको इटहरी स्थित पकलीमा रहेको नेपाल नं. १ बराहा बाहिनीको उद्घार टोलि बोलाएको कानेपोखरी नगर प्रहरी प्रमुख युबराज भुजेलले बताए ।
नेपाल नं. १ बराहा बाहिनीको उद्घार टोलि र इलाका प्रहरी कार्यलय पथरीको संयुक्त टोलिले सब खोजि गरेर उद्दार गरि कानुन बमोजिम कानुनी प्रक्रिया पूरा गरि पोस्टमार्टमको लागि उर्लाबारीको मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको प्रहरी निरीक्षक मोतेले बताए ।
प्रकाशित मिति: २०२५-०२-०२ , समय : ०७:२७:२९ , ३ महिना अगाडि