सुनबर्षि उत्कृष्ट: कोशी प्रदेशको कार्यसम्पादन मूल्यांकनमा रतुवामाई, रंगेली र धनपालभन्दा अगाडि
मिति: २०२५-०२-१६ , समय : १७:३६:२६ , पारस मण्डल
मिति: २०२५-०२-१६ , समय : १७:३६:२६ , पारस मण्डल
पारस मण्डल
सुनबर्षि उत्कृष्ट: कोशी प्रदेशको कार्यसम्पादन मूल्यांकनमा रतुवामाई, रंगेली र धनपालभन्दा अगाडि
मोरङ — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार सुनबर्षि नगरपालिकाले ५०.५ अंक प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। कोशी प्रदेशका स्थानीय तहहरूको मूल्यांकनमा सुनबरशीले १३ औं स्थानमा रहेको रंगेली नगरपालिकालाई (४३.६ अंक), १२ औं स्थानमा रहेको रतुवामाई नगरपालिकालाई (४६.६ अंक) तथा १७ औं स्थानमा रहेको धनपाल गाउँपालिकालाई (३२.9 अंक) पछि पार्दै ७ औं स्थान हासिल गरेको हो।
सुनबर्षि, रतुवामाई, रंगेली र धनपालको कार्यसम्पादन तुलना
आयोगले राजस्व व्यवस्थापन, बजेट कार्यान्वयन, शिक्षा, स्वास्थ्य, विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्च लगायतका १७ वटा सूचकका आधारमा मूल्यांकन गरेको थियो।
सुनबर्षि नगरपालिका — ५०.५ अंक (प्रदेशमा ७ औं स्थान, उत्कृष्ट प्रदर्शन)
रतुवामाई नगरपालिका — ४६.६ अंक (१२ औं स्थान)
रंगेली नगरपालिका — ४३.६ अंक (१३ औं स्थान)
धनपाल गाउँपालिका — ३२.९ अंक (सबैभन्दा कमजोर)
कोशी प्रदेशका मोरङ जिल्लाका स्थानीय तहहरूको कार्यसम्पादन सूची (उच्चदेखि न्यूनसम्म)
विराटनगर महानगरपालिका – 73.5 (सबैभन्दा उत्कृष्ट)
लेटाङ नगरपालिका – 57.8
सुन्दरहरैचा नगरपालिका – 55.6
बुढीगंगा गाउँपालिका – 54.6
केराबारी गाउँपालिका – 53.7
बेलबारी नगरपालिका – 51.0
सुनवर्षी नगरपालिका – 50.5 (उत्कृष्ट प्रदर्शन)
मिक्लाजुङ गाउँपालिका – 49.1
उर्लाबारी नगरपालिका – 48.9
कटहरी गाउँपालिका – 48.8
ग्रामथान गाउँपालिका – 47.9
रतुवामाई नगरपालिका – 46.6
रंगेली नगरपालिका – 43.6
जहदा गाउँपालिका – 42.1
पथरी शनिश्वरी नगरपालिका – 41.6
कानीपोखरी गाउँपालिका – 38.4
धनपाल गाउँपालिका – 32.9 (सबैभन्दा कमजोर)
सुनवर्षी को अगाडि बढ्ने संकेत
यो प्रतिवेदनले सुनबर्षि नगरपालिकाको सेवा प्रवाह, बजेट कार्यान्वयन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको संकेत गरेको छ। रतुवामाई, रंगेली र धनपालभन्दा अगाडि रहन सफल सुनबर्षि आगामी दिनमा थप योजनाबद्ध विकास कार्य अघि बढाउने सुनवर्षिका मेयर श्यामप्रसाद राजवंशीले जनाएको छ।
📢 तपाईको प्रतिक्रिय
प्रकाशित मिति: २०२५-०२-१६ , समय : १७:३६:२६ , २ महिना अगाडि