नेपाली कांग्रेस निकट नेविसंघ मोरङमा नयाँ नेतृत्व: मो. तनबीर जिल्ला सभापतिमा नियुक्त
मिति: २०२५-०३-०१ , समय : १९:१८:१३ , Our Pradesh
मिति: २०२५-०३-०१ , समय : १९:१८:१३ , Our Pradesh
Our Pradesh
नेपाली कांग्रेस निकट नेविसंघ मोरङमा नयाँ नेतृत्व: मो. तनबीर जिल्ला सभापतिमा नियुक्त
विराटनगर। लामो समयदेखि विवादित रहँदै आएको नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङले नयाँ नेतृत्व पाएको छ। मोरङ जिल्ला सभापतिमा मो. तनबीरलाई नियुक्त गरिएको छ।
शुक्रबार जारी गरिएको विज्ञप्तिमा, नेविसंघ केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित तनबीरलाई अधिवेशन नहुन्जेलसम्म सम्पूर्ण जिम्मेवारीसहित सभापतिमा नियुक्त गरिएको जनाइएको छ।
स्ववियु निर्वाचन नजिकिँदै गर्दा संगठनलाई मजबुत बनाउने उद्देश्यले सभापतिबाट पोखरेललाई हटाउँदै तनबीरलाई नियुक्त गरिएको बताइएको छ। तनबीरको नेतृत्वमा नेविसंघ मोरङले संगठनभित्रको विवाद समाधान गर्दै प्रभावकारी भूमिकामा सक्रिय हुने विश्वास गरिएको छ।
नेविसंघको नयाँ नेतृत्वका लागि केन्द्रीय स्तरका १३ जना सदस्यले हस्ताक्षर गरेका छन्। यस कदमसँगै मोरङको नेविसंघमा लामो समयदेखिको नेतृत्व अन्योल समाप्त भएको छ।
तनबीरको नियुक्तिपछि, नेविसंघ मोरङका विभिन्न क्याम्पसहरूमा स्ववियु निर्वाचनको तयारीलाई तीव्रता दिने अपेक्षा गरिएको छ। संगठनका केन्द्रीय सदस्यहरूले तनबीरको नेतृत्वमा मोरङमा नेविसंघ थप ऊर्जाशील र प्रभावकारी हुने विश्वास व्यक्त ग
रेका छन्।
प्रकाशित मिति: २०२५-०३-०१ , समय : १९:१८:१३ , २ महिना अगाडि