भारतले अष्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गर्यो
मिति: २०२५-०३-०४ , समय : २२:१३:०१ , Our Pradesh
मिति: २०२५-०३-०४ , समय : २२:१३:०१ , Our Pradesh
Our Pradesh
भारतले अष्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गर्यो
दुबईमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफी २०२५ को फाइनलमा स्थान सुरक्षित गरेको छ। अष्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। भारतका लागि विराट कोहलीले ८४ रनको महत्वपूर्ण पारी खेले भने श्रेयस अय्यरले ४५, केएल राहुलले अविजित ४२ र हार्दिक पाण्ड्याले २८ रनको योगदान दिए। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ४९.३ ओभरमा २६४ रनमा समेटिएको थियो। अष्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले ९६ बलमा ७३ रन बनाएका थिए। भारतका मोहम्मद शमीले ३ विकेट लिए भने वरुण चक्रवर्ती र रवीन्द्र जडेजाले २-२ विकेट लिए। अब भारतले फाइनलमा दक्षिण अफ्रिका र न्यूजील्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित मिति: २०२५-०३-०४ , समय : २२:१३:०१ , २ महिना अगाडि