संसद् सचिवालयद्वारा पत्रकारको पास निलम्बन, महासंघले माग्यो फिर्ता
मिति: २०२५-०३-०५ , समय : १७:२१:४९ , Our Pradesh
मिति: २०२५-०३-०५ , समय : १७:२१:४९ , Our Pradesh
Our Pradesh
संसद् सचिवालयद्वारा पत्रकारको पास निलम्बन, महासंघले माग्यो फिर्त
काठमाडौँ । नेपाल पत्रकार महासंघले संघीय संसद् सचिवालयद्वारा दुई पत्रकारको पास निलम्बन गरिएको घटनाप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता गर्न माग गरेको छ।
महासंघका अनुसार संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेको छ, जसकाे कारण पत्रकारिताको स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर महासंघले गरेको छ।
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो। तर, सो निकायको ख्याल नगरी संसद् सचिवालयले पत्रकारको पास निलम्बन गर्नु प्रेस स्वतन्त्रताविरोधी कदम हो। महासंघ यो निर्णय फिर्ता गर्न माग गर्दछ।”
साथै, महासंघले पत्रकार तथा सञ्चारमाध्यमहरूलाई पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको पालना गर्न आग्रह समेत ग
रेको छ।
प्रकाशित मिति: २०२५-०३-०५ , समय : १७:२१:४९ , २ महिना अगाडि