महेन्द्र मोरङ स्ववियु सभापति पौडेल सहित ६ पक्राउ

मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचन कार्यालयको ताला फोड्न खोजेपछि सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मिति: २०२५-०३-१५ , समय : ००:०१:१८ , राम कुमार शर्मा

राम कुमार शर्मा

मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचन कार्यालयको ताला फोड्न खोजेपछि सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, पक्राउ परेका विद्यार्थीहरूले क्याम्पस परिसरमा कुर्सी तथा सूचनापाटी तोडफोड गरेका थिए। थप  क्याम्पसमा स्ववियु निर्वाचन कार्यालयको ताला फोड्न खोजेपछि पक्राउ गरेका हुन्। पक्राउ पर्नेमा स्ववियु सभापति जसवन्त पौडेल, सचिव सनिम ठकुरी, सदस्य रोशनकुमार पासवान, विद्यार्थी प्रज्वल अधिकारी, नवीन तिवारी र खड्का रहेका छन्।

क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघ० भित्र आधिकारिकता विवाद चर्किएको छ। संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूह असन्तुष्ट रहेको छ। निर्वाचन समितिको कार्यालयमा इतर समूहले ताला लगाएपछि परिस्थिति जटिल बनेको हो। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कदम चालेको जनाएको छ।

प्रकाशित मिति: २०२५-०३-१५ , समय : ००:०१:१८ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित