पोखरा–२१ मा पोखरी मिचेर घर निर्माणको प्रयास, वडाध्यक्षमाथि रड आक्रमणको प्रयास
मिति: २०२५-०३-१६ , समय : १६:२५:१७ , Our Pradesh
मिति: २०२५-०३-१६ , समय : १६:२५:१७ , Our Pradesh
Our Pradesh
पोखरा महानगरपालिका वडा नम्बर २१ मा पोखरी मिचेर घर बनाउन खोज्ने विषयलाई लिएर स्थानीय भूपेन्द्र गिरीले वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहारको प्रयास गरेका छन्।
शनिबार वडाध्यक्ष सुवेदी नगर प्रहरीसहित उक्त स्थानमा पुगेका थिए। नगर प्रहरीले पोखरीमाथि बनाइँदै गरेको घर रोक्न खोज्दा गिरीले रड प्रहार गर्न खोजेको सुवेदीले बताए।
उनका अनुसार, एक हप्तादेखि पोखरी नमिच्न आग्रह गरिए पनि गिरीले अटेर गर्दै पोखरीमै संरचना बनाउन थालेपछि आफू नगर प्रहरीसहित पुग्दा आक्रमणको प्रयास भएको हो। वडाध्यक्ष सुवेदीमाथि रड प्रहार गर्न खोज्दा स्थानीयले गिरीको हात समातेका थिए।
उक्त पोखरी पोखरा–२१ निर्मलपोखरीस्थित बाँझी पोखरी हो, जुन हिउँदमा गाई–भैंसीलाई पानी खुवाउन प्रयोग गरिन्थ्यो।
घटनापछि वडाध्यक्ष सुवेदीले आइतबार वडा प्रहरी कार्यालय, बैदाममा निवेदन दिएका छन् र गिरीविरुद्ध कानुनी कारबाहीको माग गरेका छन्।
प्रकाशित मिति: २०२५-०३-१६ , समय : १६:२५:१७ , १ महिना अगाडि