विराटनगरमा पाथ -ब्रेकिङ्ग र रेकर्ड -सेटिङ म्याराथन अहिंसा रन भोली हुने।।

मिति: २०२३-०३-३१ , समय : १८:१५:५९ , आवर प्रदेश

आवर प्रदेश

सरिता कर्मकार

विराटनगर । जैन इन्टरनेशनल ट्रेड अर्गनाइजेसन द्धारा यहि चैत्र १८ गते शनिबारको दिन पाथ -ब्रेकिङ्ग र रेकर्ड -सेटिङ म्याराथन अहिंसा रन हुन गइरहेको छ ।

म्याराथन बिहान ५:३० बजे जैन भवन बाट सुरु हुने छ । कार्यक्रमको उद्धाटन सि.डि.यो बाट हुने छ भने यसको समापन महानगरका मेयर नागेश काइराला बाट हुने छ । दौडमा सहभागिताको लागि ४०० भन्दा बढिले दर्ता गरिसकेका छन् । फर्म भर्नका लागि खल्ती एप बाट सुबिधा रहेको छ । महाबिर जन्मजयन्तिको अवसरमा मोरङ एथेलेटिक्स एसोसिएसनको सहयोगमा विराटनगरमा पहिलो पटक सो कार्यक्रम आयोजना गरिएको संस्थाको अध्यक्ष सन्तोष जैनले जानकारी दिइन् ।

प्रतियोगिहरुलाई टि- सर्ट , खाजा-पानिको व्यवस्था पनि गरिएको छ । प्रतियागिहरुको लागि ३ किलोमिटर , ५ किलोमिटर र १० किलोमिटरको विकल्प राखिएको छ । बिजय हुनेलाई नगद पुरस्कार सहित सटिफिकेटको व्यवस्था पनि रहेको उनले जानकारी दिइन् । दौडमा महिला पुरुष दुबैले भाग लिएका छन् । मेडिकल पाटर्नर न्युरो अस्पताल रहेको छ । यसको मुख्य उद्देश्य अहिंसा र शान्ती ल्याउन रेहेको र “रन फर पिस , रन फर नंन भायोलेन्स ” को स्लोगन सहित दौड सुरु हुने जैनले बताइन् ।

विश्वको ३६ वटा देशहरुमा एप्रिल २ गते म्याराथन हुने गरेको छ साथै गिनिज बुकमा समेत नाम स्वीकृती भइसकेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति: २०२३-०३-३१ , समय : १८:१५:५९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित