रतुवामाई ६ मा भीषण मोटरसाइकल दुर्घटना, नगरपालिकाका कर्मचारी दम्पतीको घटनास्थलमै निधन
मिति: २०२५-०४-०४ , समय : २३:२६:३६ , Our Pradesh
मिति: २०२५-०४-०४ , समय : २३:२६:३६ , Our Pradesh
Our Pradesh
रतुवामाई नगरपालिका वार्ड नं. ६ मा आज बिहान एक दर्दनाक मोटरसाइकल दुर्घटना भएको छ। मोटरसाइकल अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किँदा सवार श्रीमान-श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो।
स्थानीय स्रोतका अनुसार, दुर्घटनामा ज्यान गुमाउने दम्पती रतुवामाई नगरपालिकामा कार्यरत कर्मचारी रहेको बुझिएको छ। हाल मृतकका शव रंगेली अस्पतालमा राखिएको छ।
दुर्घटनाको कारणबारे स्थानीयहरूले मोटरसाइकल आफैँ अनियन्त्रित भएको बताएका छन्। यद्यपि, प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहे
को छ।
प्रकाशित मिति: २०२५-०४-०४ , समय : २३:२६:३६ , २ हप्ता अगाडि