विराटनगरका विभिन्न ठाउँबाट बाइक चोरी गरी फिरोती माग्ने पक्राउ

पक्राउ परेका दुई जना युवकसँग ५ मोटरसाइकल सहित १ स्कुटी बरामद विराटनगरका विभिन्न स्थानबाट चोरी गरी भारत तर्फ लैजाने योजना चोरीमा मास्टरकी र सिटी सफारीको प्रयोग

मिति: २०२५-०४-०९ , समय : २०:४९:४५ , Our Pradesh

Our Pradesh

विराटनगर| विराटनगरका विभिन्न स्थानबाट बाइक चोरी गर्ने र फिरोती माग्ने दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएका दुईजनासँग १ वटा स्कुटी सहित ५ वटा बाइक बरामद गरेको छ।

विराटनगर–७, अस्पताल चोकस्थित कपडा पसल अगाडि पार्किङ गरी राखिएको प्र. १-०२-०४१ प ०३४० नम्बरको होन्डा सिबी साइन बाइक चोरी गरी लैजाने क्रममा मंगलबार मोरङ प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये विराटनगर–१७ बस्ने १७ वर्षीय सोयल आलम र २४ वर्षीय नौसद अन्सारीलाई पक्राउ गरिएको हो।

पक्राउ परेका दुईजनालाई थप अनुसन्धान गर्दा विराटनगर–१५, नेपाल–भारत सीमा दरैया/टकुलियाबाट थप ५ वटा बाइकसहित जम्मा ६ वटा बाइक बरामद गरिएको छ। प्रदेश १-०२-०४१ प ३४० नम्बरको टीभीएस, को ३ प ९७९५ सुपर स्प्लेन्डर कालो रंगको, ज ३ प ७४९८ हिरोहण्डा कालो रंगको, मे ५ प ६६९२ सुपर स्प्लेन्डर निलो रंगको, नम्बर नखुलेको रातो एक्टिभा स्कुटर, आरटीआर अपाचे खरानी रंगका बाइकहरू बरामद भएका छन्।

प्रहरीका अनुसार मोरङका विभिन्न सार्वजनिक स्थल तथा सुनसान ठाउँमा राखिएका बाइकहरू चोरी गर्ने गरेका छन्। चोरी गर्दा सिटी सफारीमा आएर चोरी गरी छुट्टाछुट्टै मोटरसाइकलमा बसेर जाने गर्छन्। यिनीहरू नेपाली भए पनि बसोबास भने भारततिर नै हुने गर्छ। चोरी गर्ने समय प्रायः १२ बजेदेखि बेलुकासम्म हुन्छ। पुराना सुपर, स्प्लेन्डर, होन्डा साइन, डिस्कभर लगायतका बाइकहरूलाई पहिलो प्राथमिकतामा राखेर चोरी गर्ने गरेको पाइन्छ भने चोरी गर्नका लागि मास्टर कीको प्रयोग गर्ने गर्छन्।

यसअघि मंसिर महिनातिर बाइक चोरी गरी सीमापारी भारत लगी बिक्री वितरण गर्ने र बाइकधनीको नम्बर पत्ता लगाई फिरोती रकम माग्ने चोरी गर्ने नाइके नमाज अन्सारीलाई पक्राउ गरी चोरी अपराधमा कानुनी कारबाही गरेपछि बाइक चोरीको घटना कम भएको थियो।

 

प्रकाशित मिति: २०२५-०४-०९ , समय : २०:४९:४५ , १ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित