सत्ता लटफेरको संकेत, ओलीसँग देउवा सचेत

मिति: २०२५-०४-१३ , समय : ११:२८:५९ , Our Pradesh

Our Pradesh

  1. सत्ता साझेदारबाटै उठ्न थाल्यो प्रश्न : कांग्रेसको दिक्दारी, ओली नेतृत्वको सरकारप्रति वितृष्णा तीव्र

सत्तारुढ नेपाली कांग्रेसले एमाले नेतृत्वको सरकारप्रति वितृष्णा जनाउन थालेपछि सत्ता गठबन्धनमै असहजता देखिन थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनपछि पनि कांग्रेससँग सहकार्य जारी रहने दाबी गरिरहँदा कांग्रेसभित्रैबाट भने सरकारको गति, कार्यशैली र बढ्दो बदनामबारे तीव्र आलोचना सुरु भएको छ।

 

सभापति शेरबहादुर देउवाले सार्वजनिक रूपमा प्रधानमन्त्री ओलीलाई ‘जेलदेखिका साथी’ भन्दै सहकार्यको पक्षमा आफू स्पष्ट रहेको बताउँदै आएका छन्। तर पछिल्लो समय देउवाकै बोलीमा परिवर्तन देखिएको छ। उनले सरकारको नाममा बढ्दो बदनामीप्रति आफू सचेत भएको स्पष्ट रूपमा बताएका छन्।

 

यसैबीच, कांग्रेस नेता डा. शेखर कोइरालाले देउवा सहभागी कार्यक्रममा नै कांग्रेस सरकारमा भए पनि प्रभावकारी नभएको टिप्पणी गरेका थिए। उक्त टिप्पणीपछि देउवाले पनि जवाफ दिँदै बदनामी रोक्नुपर्नेमा आफू गम्भीर रहेको संकेत गरेका छन्।

 

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली भने सत्ताको हस्तान्तरण र सहकार्यबारे स्पष्ट कार्यतालिका सार्वजनिक गर्दै आएको भन्दै सरकारमा टसमस नहुने अडानमा छन्। उनी बारम्बार आफू ‘ताली खान होइन, काम गर्न’ आएको भन्दै आलोचनाको प्रत्युत्तर दिइरहेका छन्।

 

तर, सत्ता साझेदार कांग्रेसभित्र वितृष्णा सार्वजनिक रूपमा देखा पर्नु ओली सरकारका लागि सहज संकेत भने होइन। कांग्रेस महामन्त्री गगन थापादेखि अन्य नेतासम्म सरकारको आलोचनामा उत्रिन थालेका छन्। सत्ता साझेदार दलकै नेताहरूको आलोचना बढ्दै जाँदा सरकारको विश्वसनीयता र दीर्घता दुवैप्रति गम्भीर प्रश्न उठ्न थालेको छ।

 

यता, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पनि कांग्रेसको सत्तारोहणलाई स्वागत गर्ने संकेत दिँदै ओलीको विकल्प खोज्न थालिसकेको देखिन्छ।

 

यस्तो अवस्थामा कांग्रेसको सरकारप्रति दिक्दारी र ओलीको सत्तारोहणबीचको यो सहकार्य कतिन्जेल कायम रहन्छ भन्ने प्रश्न राजनीतिक वृत्तमा गहिरिँदै गएको छ। सत्ता टिकाउने कि आलोचना सहन नसकेर बाहिरिने—कांग्रेसको आगामी निर्णय नेपाली राजनीतिमा नयाँ मोड ल्याउने सम्भा

वना देखिन्छ।

 

प्रकाशित मिति: २०२५-०४-१३ , समय : ११:२८:५९ , १ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित