सिरुवा पर्वको अन्तिम दिन, रंगेली नगरपालिकाले यस वर्ष बिदा नदिएपछि आदिवासी समुदायमा असन्तुष्टि

मिति: २०२५-०४-१६ , समय : ०९:००:०४ , Our Pradesh

Our Pradesh

सिरुवा पर्वको अन्तिम दिन, रंगेली नगरपालिकाले यस वर्ष बिदा नदिएपछि आदिवासी समुदायमा असन्तुष्टि

रंगेली, वैशाख ३ – आज सिरुवा पर्वको अन्तिम दिन, ‘शिल्वा पर्व’ मनाइँदैछ। वैशाख १ गतेदेखि ३ गतेसम्म विशेष रूपमा राजवंशी, ताजपुरी तथा आदिवासी समुदायमा मनाइने यो पर्वको महत्वलाई बुझ्दै रंगेली नगरपालिकाले विगत दुई वर्षदेखि वैशाख ३ गते स्थानीय बिदा दिने गरेको थियो।

 

तर यस वर्ष भने नगरपालिका प्रशासनले अन्य पालिकाहरूले बिदा नदिएको जनाउँदै बिदा नदिने निर्णय गरेको छ। यस्तो निर्णयप्रति स्थानीय आदिवासी तथा जनजाति समुदायमा गुनासो र असन्तुष्टि देखिएको छ।

 

रंगेली नगरपालिका क्षेत्र आदिवासी जनसंख्याको घनत्व भएको क्षेत्र हो। यसैले विगतमा समुदायको संस्कृति र चाडपर्वप्रतिको सम्मानस्वरूप स्थानीय बिदा दिइँदै आएको थियो। तर यस वर्ष त्यसको निरन्तरता नदिँदा समुदायको भावना उपेक्षा भएको महसुस गरिएको छ।

 

सिरुवा पर्वको तीन दिन: परम्परा र उत्सव

 

सिरुवा पर्व राजवंशी तथा जनजाति समुदायमा नयाँ वर्षको आरम्भसँगै मनाइने सांस्कृतिक चाड हो।

 

वैशाख १ गते – शिवपर्व : पवित्रता र नयाँ वर्षको स्वागतस्वरूप पानीले रमाइलो गरिन्छ।

 

वैशाख २ गते – शिल्वा पर्व : हिलो खेलेर आपसी सद्भाव, माया र मित्रताको प्रतीक स्वरूप पर्व मनाइन्छ।

 

वैशाख ३ गते – रंग र रमाइलो दिवस : रङ, रम, नाचगान र भाइचाराको वातावरणमा पर्व समापन गरिन्छ।

 

 

सामाजिक एकता, सांस्कृतिक पहिचान र परम्पराको जगेर्नाका दृष्टिले महत्वपूर्ण मानिने यो पर्वमा नगरपालिकाले यस वर्ष चुपचाप साथ नदिएको भन्दै स्थानीय समाजमा छलफल र आलोचना भइरहेको छ।

 

 

प्रकाशित मिति: २०२५-०४-१६ , समय : ०९:००:०४ , ३ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित