नेपाल-भारत सीमावर्ती सुरक्षा सुदृढीकरणका लागि सीमा समन्वय समिति (BDCC) को बैठक सम्पन्न

मिति: २०२५-०४-१९ , समय : १८:२९:०५ , Our Pradesh

Our Pradesh

नेपाल-भारत सीमावर्ती सुरक्षा सुदृढीकरणका लागि सीमा समन्वय समिति (BDCC) को बैठक सम्पन्न

मोरङ, वैशाख ६ –

नेपाल र भारतबीचको सीमावर्ती सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन नेपाल-भारत सीमा संयुक्त समन्वय समिति (Border District Co-ordination Committee – BDCC) को नियमित बैठक २०८१ साल वैशाख ६ गते भारतको बिहार राज्य अन्तर्गत १९औं बटालियन SSB, पावर हाउस, ठाकुरगञ्जमा सम्पन्न भएको छ।

बैठकमा नेपालतर्फबाट मोरङ र झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान, भन्सार, नाका तथा वन कार्यालयका सम्बन्धित प्रमुखहरूको सहभागिता थियो। भारतीय पक्षबाट किशनगञ्ज जिल्लाका प्रमुख अधिकारी, प्रहरी प्रमुख, एसएसबी कमाण्डर तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकमा खुला सीमाका कारण हुन सक्ने चोरी, तस्करी, लागुऔषध तथा मदिराजन्य ओसारपसार नियन्त्रण, अवैध मुद्रा कारोबार नियन्त्रण, सूचनाको आदानप्रदान तथा आपसी विश्वास र सहयोग अभिवृद्धिका विषयमा सौहार्दपूर्ण वातावरणमा विस्तृत छलफल गरिएको थियो।

 

बैठकले नेपाल-भारत सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन नियमित समन्वय, सूचना साझेदारी र दुवै देशका सुरक्षा निकायबीचको सहकार्यलाई प्राथमिकताका साथ अघि बढाउने सहमति गरेको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनु

भएको छ।

 

प्रकाशित मिति: २०२५-०४-१९ , समय : १८:२९:०५ , १४ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित