अन्तर्राष्ट्रिय कविता क्षेत्रमा रङ्गेली निवासी नेपाली कविको गौरवपूर्ण विजय
मिति: २०२५-०४-२० , समय : २१:४४:२६ , पारस मण्डल
मिति: २०२५-०४-२० , समय : २१:४४:२६ , पारस मण्डल
पारस मण्डल
अन्तर्राष्ट्रिय कविता क्षेत्रमा नेपाली कविको गौरवपूर्ण विजय
नेपालका साहित्यिक आकाशमा एक उज्यालो तारा झल्किएको छ—मोरङ जिल्लाको रङ्गेली नगरपालिका वडा नं. ९, दोहमन निवासी प्रतिष्ठित कवि चिरञ्जीवी काफ्लेले गजेन्द्र सिंह क्षेत्री स्मृति रम्बास कविता आयोजना समिति २०२५ द्वारा आयोजित अन्तर्राष्ट्रिय रम्बास कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै सम्पूर्ण राष्ट्रको शिर गर्वले उचो बनाइदिनुभएको छ।
विविध मुलुकका उत्कृष्ट कविताहरूलाई पछाडि पार्दै उत्कृष्टता र मौलिकताको उच्चतम शिखरमा उक्लिन सफल कवि काफ्लेले शब्दको जादू, भावनाको गहिराइ र सन्देशको सामर्थ्यद्वारा निर्णायकहरूको मन जित्नुभएको हो।
भाषा, कला र साहित्यका निरन्तर साधकका रूपमा चिनिनुहुने काफ्ले नेपाल शिक्षक महासंघ, रङ्गेलीका अध्यक्ष, छन्दवाटिका नेपालका सचिव, साथै रङ्गेली साहित्य कला समाजका सचिव जस्ता गरिमामय पदमा रहेर निरन्तर सिर्जनात्मक योगदान दिइरहनुभएको छ। शिक्षण पेशामा संलग्न रहँदै पनि साहित्यिक अभिव्यक्तिलाई जीवन दर्शनकै रूपमा आत्मसात गर्नुभएका उहाँले साहित्यिक अनुशासन, सिर्जनशील सोच र सामाजिक उत्तरदायित्वलाई उदाहरणीय रूपमा प्रस्तुत गर्नुभएको छ।
उहाँको यो ऐतिहासिक विजयले न केवल रङ्गेली नगरलाई, तर समग्र नेपाली साहित्यिक समुदायलाई उत्साह, प्रेरणा र गौरवले भरिएको छ।
कवि चिरञ्जीवी काफ्लेलाई यो उत्कृष्ट उपलब्धिका लागि हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्दै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय फलकमा फैलाउन सुभेच्छा!
प्रकाशित मिति: २०२५-०४-२० , समय : २१:४४:२६ , ५ घन्टा अगाडि