डा. बाबुराम भट्टराईद्वारा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई लिएर आलोचना गरेको चर्चा

मिति: २०२३-०४-०३ , समय : १२:१४:२८ , आवर प्रदेश

आवर प्रदेश

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपनिर्वाचनमा केही नेतालाई जसरी पनि सत्तामा पुर्याउन खोजिएको भन्दै विरोध जनाएका छन् । उनले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई लिएर यस्तो आलोचना गरेको चर्चा छ ।

भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत चुनाव केही वर्ष/महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड नभएको उल्लेख गरेका छन् ।

 

उनले उपनिर्वाचनमार्फत सत्तामा पुग्न खोजिएको भन्दै त्यस्तालाई रोक्नुपर्ने बताएका हुन् ।

प्रकाशित मिति: २०२३-०४-०३ , समय : १२:१४:२८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित