अवैध लागूऔषधसहित तिन जना पक्राउ

मिति: २०२३-०४-०३ , समय : १६:५६:०९ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, २० चैत । पर्सा, वीरगंज महानगरपालिका-१६ रजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ९० मिलिग्रामसहित बारा कलैया उपमहानगरपालिका-१२ शितलपुर बस्ने २२ वर्षीय दिपक यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

त्सैगरी कास्की, पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ४० ट्याब्लेट, डाईजेपाम २ सय एम्पुल, नुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुल सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा सुघौली गाउँपालिका बस्ने ३१ वर्षीय श्रीधन चौधरी र १७ वर्षीय किशोर रहेका छन् ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको लु।१ ख ६१७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति: २०२३-०४-०३ , समय : १६:५६:०९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित