उपनिर्वाचनका लागि चैत अन्तिम सातादेखि निर्वाचन आचारसंहिता लागू हुने

मिति: २०२३-०४-०४ , समय : ११:५१:३९ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौँ, चैत २१ गते । आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत अन्तिम सातादेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। चितवन, तनहुँ र बाराका गरी तीन प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनलाई लक्षित गरी चैत २३ पछि आचारसंहिता लागू हुनेछ। निर्वाचन आचारसंहिता, २०७९ मा आचारसंहिता आयोगले तोकेको मितिदेखि तोकेको क्षेत्रमा लागू हुने व्यवस्था छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको पदाधिकारी बैठकले निर्णय गरेपछि आचारसंहिता लागू हुने जानकारी दिनुभयो।

आचारसंहितामा राजनीतिक दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका पदाधिकारी तथा सरकारी तथा अर्धसरकारी निकायले गर्न हुने र नहुने व्यवस्था गरिएका छन्। आचारसंहिता लागू भएपछि तीनै तहका सरकारले उपनिर्वाचन हुने क्षेत्रमा नयाँ विकासका योजना घोषणा, योजना शिलान्यासलगायतका गतिविधि गर्न पाउने छैनन्।

प्रकाशित मिति: २०२३-०४-०४ , समय : ११:५१:३९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित