अवैध लागूऔषधसहित पाँच जना पक्राउ
मिति: २०२३-०४-०५ , समय : १२:३५:२० , आवर प्रदेश
मिति: २०२३-०४-०५ , समय : १२:३५:२० , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, २२ चैत। संखुवासभा, खाँदबारी नगरपालिका-२ माथिलो चेवा बस्ने ६७ वर्षीय गोपाल भट्टराईलाई अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु २७ ग्राम ६८ मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्सैगरी रूपन्देही, देवदह नगरपालिका-२ ढेकावारस्थित प्रतिक्षालयबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिलोत्तमा नगरपालिका-२ बस्ने २३ वर्षीय राजेश थापा र सोही नगरपालिका-४ बस्ने २२ वर्षीय सिमान्त रायमाझी रहेका छन् । वडा प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
त्सैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ सुनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय श्रावण तिमिल्सेना र २३ वर्षीय अनिल बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-०५ , समय : १२:३५:२० , २ वर्ष अगाडि