सेयर बजार परिसूचक नेप्से ८.३९ अंकले वृद्धि

मिति: २०२३-०४-०५ , समय : १५:३२:४० , आवर प्रदेश

आवर प्रदेश

बुधवार सेयर बजार परिसूचक नेप्से ८.३९ अंकले बढ्दै १८ सय ७५.०७ अंकको विन्दुमा उक्लिएको छ । यद्यपि, ८ अंकले नेप्से बढ्दैगर्दा यता कारोबार रकम भने ८१ करोड ६० लाख ४६ हजार रुपैयाँ झर्न पुगेको छ ।

आज म्यानु एण्ड प्रो, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक १.०४ प्रतिशतले बढेको छ भने अन्य ९ वटा उपसूचक १ प्रतिशत भन्दा कमले बढेका छन् ।

म्यानु एण्ड प्रो, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक भने आज क्रमशः ०.१० प्रतिशतले , ०.५२ प्रतिशतले र ०.४१ प्रतिशतले घट्न पुगेको छ ।

आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने सिटिजन्स् म्युचुअल फन्डको मूल्य ७.१४ प्रतिशतले घट्न पुगेको छ ।

प्रकाशित मिति: २०२३-०४-०५ , समय : १५:३२:४० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्