पोखरामा एक जना पुरुष आफ्नै कोठामा जलेर मृत्यु
मिति: २०२३-०४-०६ , समय : १०:१०:०८ , आवर प्रदेश
मिति: २०२३-०४-०६ , समय : १०:१०:०८ , आवर प्रदेश
आवर प्रदेश
पोखरामा एक जना पुरुष आफ्नै कोठामा जलेर मृत्यु भएको छ । पोखरा १७ स्थित समृद्धि मार्गमा बस्दै आएका ४५ बर्षका इन्द्र प्रसाद अर्याल आफ्नै कोठामा आज जलेर मृत्यु भएको कास्की प्रहरीले एटुजेडलाई जनाएको छ ।
कोठाबाट आगोको मुस्लो आएसंगै स्थानियले प्रहरीलाई खबर गरेसंगै उनको उद्धारमा खटिए पनि कोठा भित्रबाट चुक्कुल लगाएको अबस्थामा आगलागी भएकोले उनलाई बचाउन नसकिएको कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले बताए । उक्त आगो लागेको कारण हालसम्म पत्तःा लगाउन नसकिएको जसको अनुसन्धान भई रहेको उनले जनाए । उनको शरीर जलेर उनी घटना स्थलमै मृत्यु भएको स्थानियले बताए ।
स्याङजा अर्जुनचौपारी १ स्थायी घर भएका अर्याल केही समय अघि बैदेशीक रोजगारबाट नेपाल आएको श्रोतको भनाई छ । उनका एक श्रीमती एक छोरी रहेकी छन भने उनीसंगै भतिज समेत बस्दै आएको स्थानियले बताए ।
प्रकाशित मिति: २०२३-०४-०६ , समय : १०:१०:०८ , २ वर्ष अगाडि