पोखराका विश्वबहादुर गुरुङको शव दुई महिना पछि फेला

मिति: २०२३-०४-०६ , समय : ११:०९:१० , आवर प्रदेश

आवर प्रदेश

माघ ९ गतेदेखि बेपत्ता पोखराका विश्वबहादुर गुरुङको शव भेटिएको छ।

गुरुङको शव सेती नदीमा भेटिएको हो । गरूङले माघ ९ गते सेतीमा हाम फालेका थिए। ४४ गुरुङ कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्थे ।

मंगलबार ३१ वर्षीय अल्का गुरुङले केआई सिंह पुलबाट हाम फालेपछि खोजी कार्य गर्ने क्रममा गुरुङको शव भेटिएको सशस्त्रको गोताखोर सशस्त्रले जनाएको छ ।

मंगलबार पोखरा महानगरपालिका १६ को केआई पुलबाट लामाचौर बस्ने अल्का नदीमा हाम फालेकी थिइन् । सशस्त्रको गोताखोरसहितको टोली उद्धारका लागि गएको थियो। अल्काको खाजी कार्य गर्ने क्रममा अर्को शव भेटिएको सशस्त्रले जनाएको हो ।

प्रकाशित मिति: २०२३-०४-०६ , समय : ११:०९:१० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित