प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजा सहित पक्राउ

मिति: २०२३-०४-०६ , समय : १३:०७:०८ , आवर प्रदेश

आवर प्रदेश

बिराटनगर, चैत्र २३ गते । झापाको दमक नगरपालिका-१ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जना र धनकुटाको सागुँरीगढी गाउँपालिका-१ स्थितबाट लागुऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन ।

 

हिजो अपरान्ह बिशेष सुचनाको आधारमा प्रहरी पोष्ट फाल्गुनन्द दमकबाट खटिएको प्रहरी टोलीले दमक-३ का २१ बर्षीय सागर बि.क. र दमक-७ का २४ बर्षीय राहुल श्रेष्ठलाई ७ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने धनकुटाको प्रहरी चौकी मुलघाट बाट गस्तीमा खटिएको प्रहरी टोलीले सागुरीगढी-१ लाबरबोटे स्थितमा संकास्पद अवस्थामा रहेका साँगुरीगढी-३ का २३ बर्षीय सरोज याख्खा, २३ बर्षीय इशाक याख्खा र धनकुटा नगरपालिका-८ का २३ बर्षीय सुमन राईले बोकेको झोला चेक जाँच गर्दा ६ किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजा सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय घनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०६ , समय : १३:०७:०८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित