छुट्टाछुट्टै स्थानमा ४ जना मृत अवस्थामा फेला

मिति: २०२३-०४-०७ , समय : १७:१२:०८ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, २४ चैत। दाङ, गढवा गाउँपालिका(१ रङसिङ खोलामा सोही ठाउँ बस्ने ७० वर्षीय हस्तबिर पुन शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं, महानगरपालिका(८ भुवनेश्वरीमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्सैगरी लमजुङ, बेसीशहर नगरपालिका(२ गैरीगाउँमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका(६ लुम्बिनी प्रादेशिक अस्पताल अगाडि बाटोमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०७ , समय : १७:१२:०८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित